सपनामा चहकिएर
भावनामा बहकिएर
आउदैछु म तिमीलाई भेटन
यी मनका ईच्छाहरू भनौ
या त आकाङ्क्षाहरू
तिमीसँगै मेटन
पर्खी राख है माया
पर्खी राख है।।
रङ्गीचङ्गी सपना सजाई
पुर्णिमाको जुनसँग तिमीलाई दजाई
आउदैछु म चाडै तिमीलाई लिन
लाग्छ मलाई समय मात्र केहि दिन
पर्खी राख है माया
पर्खी राख है।।
बनाउला हामी छुट्टै संसार
जोडौला हामी अन्तै घरबार
सँधै तिमीलाई माया गरेर
सातै समुन्द्र जाउला तरेर
पर्खी राख है माया
पर्खी राख है।।
हिडौला हामी प्रेमको पथमा
चढौला हामी वायुपङ्खी रथमा
आफनो जन्मभुमि नभुली कहिले
तिम्रो चित दुखाउने छैन मैले
पर्खी राख है माया
पर्खी राख है।।
खाउला हामी पकाई जाउलो
तिमीलाई सँधै बनाउला प्यालो
प्रेमको आभास तिमीलाई छरी
गर्छु माया तिमीलाई मनमुटु भरी
पर्खी राख है माया
पर्खी राख है।।
देशको माटो राखौला शीरमा
तिमीलाई कैले पार्दिन पीरमा
शितलताको हामीआभाष लिएर
श्रीमान र श्रीमतीको परिचय दिएर
पर्खी राख है माया
पर्खी राख है।।
हेमन यात्री
