गजल

Ram, Krishna, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ “फुच्चे”

सुख्खा रोटि र पानीमा दिन काटेकैछन यी परदेशीहरू।
पेट्रोल र कोईला खानीमा दिन काटेकैछन यी परदेशीहरू।।

चुल्हो अलग भएपछि हरक्षण आफ्नै भविश्य सोचेर,
दोधार र आनाकानीमा दिन काटेकैछन यी परदेशीहरू।

घर खेत बन्धकी राखेर जीऊ ज्यान कै बाजी थापी,
दवाब र खिचातानीमा दिन काटेकैछन यी परदेशीहरू।

 

अभाव खड्क्यो र त प्रियसीका याद मुग्लान छिरेपछि,
सजाएर आखाको नानीमा दिन काटेकैछन यी परदेशीहरू।

टन्न पिएपछि पैसाले ईज्जत र संम्बन्ध किनीनेछ,
यस्तै अनौठो जीन्दगीमा दिन काटेकैछन परदेशीहरू।

#रामकुमार श्रेष्ठ’फुच्चे’
सुर्यपाल,लमजुङ
हाल-मलेसीया

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.