दिपेश किशोर भट्टराईका जोर गजल

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

गजल– १,
अरुको दुख देखिँदा आफ्नो दुख नै सानो लाग्छ ।
घाममा टाउको सेकिँदा घरको नै छानो जस्तो लाग्छ ।।

पैसाकै कारण सन्सारमा लाखौं मारिएको देख्छु ।
पैसानै ठूलो लेखिँदा लेखकको सोच नै कानो लाग्छ ।।

शहरहरूको पैदलमार्गमा धेरै हिड्छु आज भोलि ।
भिकारी द्वारा बाटो छेकिँदा जिन्दगी नै एक मानो लाग्छ ।।

 

मेरो देशमा पढेको हैन सोर्स र फोर्स चल्छ भन्छन ।
योग्य ब्याक्ती परिक्षामा फेंकिँदा भ्रष्टाचारले बिज नै हानो लाग्छ ।।

सुन्ने गर्छु दिनैपिच्छे हरेक मानिसको दुख ।
हरेकको घरमा टेकिँदा सन्सार नै दु:खको पानो लाग्छ ।।

गजल– २,
एकातिर मन दिएर अर्कोतिर खुल्नु पर्यो ।
साचो माया बिर्सिएर नाटकमा भुल्नु पर्यो।।

दिलभित्रको आफ्नोमान्छे पराइको बनेपछि
भौतारिदै दु:खी बनी पागलसरि डुल्नु पर्यो।।

सोर्णिम आनंदको थियो उनिसग बितेकापल ।
तिलान्जली दिदै खुशी आँसुले नै धुल्नु पर्यो।।

भन्ने गर्थ्यौ साथै ज्युछौ मर्नु परे साथै भनी ।
सबै बाचालाई अतितको पानाभरी हुल्नु पर्यो।।

नियतिले खेल खेल्यो आज मेरो जिन्दगीमा।
ज्युदो लास भइ मार्ग भुली दोबाटोमा झुल्नु पर्यो।।

दिपेश किशोर भट्टराई

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.