परदेशीछोरा र शहरियाबुहारी बिचको सवालजवाफ-मुक्तक दोहोरी

Ram, Krishna, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ “फुच्चे”

प-हजुरले जे भन्यो त्यै मान्छु भन्थ्यौ हिजोसम्म,
सासूलाई नी आमाजस्तै ठान्छु भन्थ्यौ हिजोसम्म।
एकाएक फेरियौ रे एककल फोननी गर्दिनौ रे,
चाडबाडमा सम्झेर फोन हान्छु भन्थ्यौ हिजोसम्म।।

श-सधैभरि कचकच मात्र गर्छिन तिम्री आमा,
मनमै लाग्ने तीखोवचन भर्छिन तिम्री आमा।
गरेकिछु राम्रै सबलाई सधै सधै तर पनि,
खोट लगाई पर पर सर्छिन तिम्री आमा।।

 

प-मन लागेको खान मैले खाऊ भनेकैथिए,
मेसोमिलाई बजार घुम्न जाऊ भनेकैथिए।
छोटाछोटा लुगालगाई डुल्छौरेत शहरतीर,
चित्तबुझ्ने खालकोपहिरन लाऊ भनेकैथिए।।

श-शिरपाउ छोप्ने गरी लुगा लाको देखेनन कि,
मैले आफ्नै पौरख गरी खाको देखेनन कि।
शहर बसी ऐस आराम मोजमस्ती गरी भन्लान,
सधैभरि व्यस्त काममा भाको देखेनन कि।।

प-बिदेश हो पैसा रुखमा फल्छ नसोच,
नठोसेरै अगुल्ठो लाई बल्छ नसोच।
संस्कार र सभ्यता सिक्नैपर्छ बुहारीले,
यसै गरि जीन्दगानी चल्छ नसोच ।।

श-बिरानो ठाऊ दुख होला बुझेकैछु कान्छा,
गाऊघर संम्झी मन रोला बुझेकैछु कान्छा।
सुनाउनेले नानाभाती सुनाउलान हजुरलाई,
जीन्दगी यो मर्ने चोला बुझेकैछु कान्छा।।

प-दुनियाले भन्नेबाटो नपारेकै राम्रो,
शत्रु माझ आशु तिम्ले नझारेकै राम्रो।
परिवारमा सद्भावबाड्न सिकेहैत अब,
संघर्षको मैदानमा नहारेकै राम्रो।।

श-सबको सामू सफलसक्षम बन्न सिकाईदिनोस्,
दाजुदिदी बाबाआमा हाम्रो भन्न सिकाईदिनोस्।
भन्नेबाटो पार्दिन क्यै हजुर सामू बाचा भयो,
मेलापातमा कोदाली त्यो खन्न सिकाईदिनोस्।।

(यस काल्पनीक सृजना कसैको जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ।)
#रामकुमार श्रेष्ठ’फुच्चे’
सुर्यपाल,लमजुङ
हाल-मलेसीया

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.