नाफा घाटाको व्यापार बुुझ्छौँ भन्नेहरू।।
पीर नगर सदाबहार बुझ्छौँ भन्नेहरू।।
मखै खोलदा पनि किन मौन बसेका छन
आँ गरे नि अलङ्कार बुझ्छौँ भन्नेहरू ।।
महल भित्रैबाट हेर बेखवर बनिदिए
झुपडीका पनि बिचार बुझ्छौँ भन्नेहरू ।।
आज एक विवाहिताको सुहाग लुटदैछन
हिजो बिधुवाको पनि श्रृङ्गार बुझ्छौँ भन्नेहरू ।।
नाफा घाटाको व्यापार बुुझ्छौँ भन्नेहरू ।।
पीर नगर सदाबहार बुझ्छौँ भन्नेहरू ।।
दुर्गा हमाल
दुल्लु नगरपालिका– १०, दैलेख
