तिमी हिडिरहैछौ जुन गोरेटोमा
क्रान्तिकारी विचारका पोकाहरू बोकी।
आफु आफैमा परिवर्तनको पथ खोज्दै।
आत्माबल उच्च राखी पाईलाहरू
लम्काईरहेछौ।
प्रकाशको किरण झै
आफ्नो ब्यक्तित्व चम्काईरहेछौ।
साथी नमन छ तिमीलाई।
अनि,
नमन गरे आफै भरिया बनी
बोकेको तिम्रो
परिवर्तनशिल विचारलाई।
मैले देखिरहेको थिए।
सुनिरहेको पनि छु ।
केही मतलबीहरूले तिम्रो
खुशी देखि सहन्नन् रे।
तिमीले गरेका हरेक कार्यमा
अवरोधको पासो थाप्छन रे।
असहज त तिमीलाई भैरहेछ।
तर,
यो वातावरणमा नी तिम्रो
सहयोग गरिन�,खाली टुलुटुलु हेरिरहे।
यो मेरो विवशता थियो।
म पनि उहीँ अनुकुल भएको मान्छे
हो साथी अरू त केही गर्न नसकुला।
तापनि,
तिम्रो दुखमा रून सक्छु म।
आत्मियताले मन छुन सक्छु म।
सकेको साथ दिनेछु।
जिन्दगीको गोरेटोमा यात्री बनी
तिमीसँगै हिड्ने चाहा छ।
मलाई पनि तिम्रै सहयात्री बनाउ है।
साथी,अबका दिनहरूमा
यात्री बनी भिर पाखाहरूमा
भन्जाङका ती नाका-नाकाहरूमा।
आफु आफैमा परिवर्तन खोज्दै
रम्दै रमाउदै यात्री बनी
अनन्तकालसम्म सँगै यात्रा गरौंला ।
हेमन यात्री बा.गा.पा-३, खोटाङ
