दिपेश किशोर भट्टराईका जोर गजल

Spread the love
Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

गजल– १,
हसाउँछु भन्दै मलार्इ रुवाएरै छाडिस हैन ?
तिम्रोआँसु थाम्छु भन्थिस चुवाएरै छाडिस हैन ?

मलार्इ प्रेम विवाहमा बिश्वास छैन भन्दा पनि ।
जालमा फसार्इ अनि धोका खुवाएरै छाडिस हैन??

जिन्दगिको हरेक मोड्मा साथ दिने कसम खाइस ।
देखाइस औकात खा’को कसम तुहाएरै छाडिस हैन?

 

आफू भने परदेश लागे लाखौं सपना मनमा राखी ।
आज मेरो पसिनाले नुहाएरै छाडिस हैन ?

पतिव्रता हु म भन्थिस रामायणको सीता समान ।
आखिर तेरो चरित्रलाई कुहाएरै छाडिस हैन?

घर ब्यवार सुम्पिएर तलाइ छोडी पर्देश लागे ।
दुनियालाइ मेरो कमाइ खुवाएरै छाडिस हैन?

गजल– २,
शहर गए गाउमा पाइने खनीऊ बिर्सिए ।
ढाका टोपी दौरा सुरुवाल गुनिऊ बिर्सिए ।।1।

शहरिया बनेका छन सबै गाउँका साथीहरू ।
कस्तो हुन्छ भन्छन धानको कुनिऊ बिर्सिए।।2।।

काटा अनि चमज मात्र चिन्छन अरे आजभोलि
गाउमा ढिलो मुसार्ने त्यो पनिऊ बिर्सिए ।।3।।

शहर गएका साइला दाइले गाई भैंसी चिन्दैनन रे ।
गाउमा घाँस काटेको खरुकी र उनीऊ बिर्सिए ।।4।।

शहर गए गाउमा पाइने खनीऊ बिर्सिए ।
ढाका टोपी दौरा व सुरुवाल गुनिऊ बिर्सिए ।।

दिपेश किशोर भट्टराई

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *