दिपेश किशोर भट्टराईका केही मुक्तकहरू

Spread the love
Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

(सन्दर्भः दुखी बालक)
भारि बोकि सानै बाट हिनेको हो भन्दै थियो ।
शरीर मेरो बालापनमै छिनेको हो भन्दै थियो ।
बाबा आमा खोइ त? बाबू कोहि छैनन्? तिम्रो भन्दा ।
बाबू मरे आमा पोइला हिनेको हो भन्दै थियो ।।

शडक अनि मन्दिर मात्र चिनेको हो भन्दै थियो ।
भारि बोकि एकछाक अन्न किनेको हो भन्दै थियो ।
कति दुखी रछ मोरो देख्दा पनि अश्रु झर्यो ।
ठूलो रोग छ छैन डाक्टर चिनेको हो भन्दै थियो ।।

 

घास नि काट्नु छ हौ दाजै हिनेको हो भन्दै थियो ।
साउले मार्छ्न छैन मकै पिनेको हो भन्दै थियो ।
पढ्न लेख्न आउँछ ? बाबू भनी मैले सोध्दा खेरी ।
जान्दिन म छैन अक्षर चिनेको हो भन्दै थियो ।।

दुनियाँको सुखदुःख बोक्नथाल्यो फेसबुकले ।
कस्कोमृत्यु कहिलेहुन्छ तोक्न थाल्यो फेसबुकले .
के भएको अचम्म छ फेसबुकको जमाना रे
दुनियाँको हालखबर बोक्नथाल्यो फेसबुकले …

यो अवस्था उ अवस्था भन्दै पोस्ट सबैगर्छ्न…..
घमन्डिको घमन्डिपन बोक्नथाल्यो फेसबुकले ….
ड्राइभर दाइ प्रेम गर्छ्न रे नेता ज्यु को छोरी सग
ड्राइभर दाइको गाडीपनि रोक्नथाल्यो फेसबुकले ..

मान्छेमर्दा लाइक गर्छ्न फेसबुकको जमाना रे
समवेदना सन्देश नि बोक्नथाल्यो फेसबुकले ….
अनुहार कस्तो देख्या छैन सगैमर्ने कसम खान्छ्न ..
हुलाक भन्दा धेरैपत्र बोक्न थाल्यो फेसबुकले ……

बाबू आमा मख्खै हुन्छ्न छोराछोरी पढ्छन भनी ……
पोइलाजाने मितिसबै तोक्नथाल्यो फेसबुकले ….
खोइ के हो सबै भन्छन फेस्बुककै जमाना रे ……
तेरो मृत्यु यै दिन भनी तोक्नथाल्यो फेसबुकले …..

दिपेश किशोर भट्टराई

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *