दिउँसै पिउनुकाे मजा बेग्लै छ
पिएर जिउनुकाे मजा बेग्लै छ ।
फाट्नु पर्छ मन पनि छियाछिया भई
फाटेपछि सिलाउनुकाे मजा बेग्लै छ ।
हुनुपर्छ जवानीमा कवि,प्रेमी,पागल
झाेक्रिएर टाेलाउनुकाे मजा बेग्लै छ ।
मैदानजस्ताे लाटाे मनकाे के नै अर्थ छ र ?
थाहै नपाई लुटाउनुकाे मजा बेग्लै छ ।
मैदानजस्ताे लाटाे मनकाे के नै अर्थ छ र ?
थाहै नपाई लुटाउनुकाे मजा बेग्लै छ ।
मायाप्रेम दुई दिनको घामछाया रैछ
पग्लिएर बहनुको मजा बेग्लै छ ।