“भत्केका सपना”

Spread the love
Ambika, Karki, अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

रामु निकै चिन्तित थियो । उसले जे काम गरेता पनि सफलता भने हात पार्न सकेको थिएन ।एकदिन साझँको खाना खाएपछि सुत्नलाई ओछ्यानमा ढल्किदै खुईय ! श्वास लिदै भन्यो ।”बुढी म सार्‍है दुखित भएकोछु मैले तिमीलाई सुख र खुशी दिन सकिन । ” श्रीमतीले भनिन् “म हजुर संग सुख दुखको साथी बनेकोमा निकै खुशी छु । अरुका झैं टन्न गरगहना र रमझम नहोला तर जुन माया मैले पाएकीछु सायद त्यो माया संसारको कुनै श्रीमतीले पाएका छैनन् ।” रामु एकदम चिन्ता मा नै थियो र फेरि भन्यो ।” यहाँ जे आटें पनि भतकोष लाग्छ बरू म विदेश जान पर्‍यो ।” श्रीमतीले भने पहिला त हजुर गएपछी म कसरी बसौं ?के गरुँला ? “यस्तैमा मानेकी थिइनन् । रामुको धेरै पटकको अनुरोधमा बल्ल स्वीकृति दिइन् ।

 


विदेश जाने मनसायले रामु मेनपावर खोज्न निकै भौतारियो तर पछि गाउँकै एकजना दाइको सहायतामा मेनपावर पुग्यो ।ती दाइले त्यस्तै काम गर्थें र ऊ विदेश जाने नै निश्चित गरेर गाउँ फर्क्यो । केही समय पछि उसलाई मेनपावरको फोन आयो र कपडा एउटा झोलामा राख्दै श्रीमतीलाई सम्झायो ।”अब त बोझ हल्का हुन्छ होला ।तिमीले कत्ती चिन्ता नलिइ घर सम्हाल्नु ।म पुगेपछि खबर गर्नेछु ।” दुबै रोए । ऊ घरबाट निस्क्यो । पर पुगुन्जेल श्रीमतीले हात हल्लाइ राखिन ।रामु भने घरिघरि पछाडि फर्केर हेर्दै थियो त्यतिकैमा बस आइपुग्यो ।उ चढेर गयो ।गाडी बाट ओर्लेर रामु मेनपावर गयो त्यहाँ सबै विदेश जाने टोलि भेला भएका थिए र ऊ पुग्नासाथ सबै एयरपोर्ट तर्फ लागे ।चेक जाँच गराएर मीठो सपना तुन्दै भित्र पसेर सबै जहाजमा चडेर गए ।
रामुले पुग्नासाथ आफु सकुशल आएको भन्दै घरमा फोन गर्‍यो ।भोलिपल्ट देखि काममा जानुपर्ने उसले थाहा पायो अनि बिहान उठेर कम्पनीमा गयो र मालिकले काममा लगेर काम देखाउँदा ऊ छाँगा बाट खसे झैं भयो तरपनि पैसा कमाउन आएको रामु आँट गरेर दशतला भवन बनाउन सबै सरह तम्सियो तर विडम्बना उसले काम थालेकै दिन ऊ सातौं तला बाट खसेर प्राण गयो ।कम्पनीले भने घरमा फोन गरेर लास पठाउने तर्जुमा मिलाई लास बाकसमा प्याक गरेर पठाइदियो। श्रीमतीले त्यही लास हेरेर चिच्याइ चिच्याइ भत्केका सपना छातीमा टाँस्दै खुब रोइन् ।

अम्बिका कार्की अमु
सर्लाही वाग्मती नपा
हाल चितवन भरतपुर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *