रमेश पोखरेलका केही मुक्तकहरू

Spread the love
Ramesh, Pokharel, रमेश पोखरेल, pallawa, पल्लव

रमेश पोखरेल

यो दिल जलाएरै जाडो हटाएँ मैले
बढो कठिनले पुस माघ कटाएँ मैले
अर्को साल चैँ जोडी बाँधीदेऊ है बा
यो साल चारजोर सिरक फटाएँ मैले ।

कसैलाई पत्थर, कसैलाई हीराको हार मिल्छ
हुन त सबैको आ-आफ्नो कर्म अनुसार मिल्छ
देख्नेले केही प्रगति नगरेको देखिदिन्छ्न् हजुर
पाइला राख्ने ठाउँ मलाई खुकुरीको धार मिल्छ ।

 

जनताको निर्णयमा अविश्वास चढ्यो किन
धेरै खुट्टा हुने मान्छे पनि आज लढ्यो किन
खाडी मुलुकमा पारिश्रमिक त बढेको छैन,
तर सरकार तेल र ग्याँसको भाउ बढ्यो किन ?

केटो काले भए, केटी कालु हुनुपर्छ
एकाअर्कालाई बुझ्न सिपालु हुनुपर्छ
मरुभूमि पनि हराभरा हरियाली लाग्छ
तर साथमा माया गर्ने मायालु हुनुपर्छ !

रमेश पोखरेल
खोटाङ, खार्पा

 

One thought on “रमेश पोखरेलका केही मुक्तकहरू


Leave a Reply

Your email address will not be published. Required fields are marked *