गजल

Spread the love
Anju, Pandit, अन्जु पण्डित , pallawa, पल्लव

अन्जु पण्डित

दुःख गर्नेलाई सधै दिन र रात एउटै हुन्छ।
भोकालाई सधै ढिडो र भात एउटै हुन्छ।

यो ठुलो अनि यो सानो भनेर नतर्किनु है,
हामी नेपाली हौं सबैको जात एउटै हुन्छ।

भन्छन कोहि सराबको अनि प्रेमको नशा,
असर फरक भए पनि मात एउटै हुन्छ।

 

बगैचामा फुलेका सयौं गुलाब फुलका,
रङ फरक भए पनि पात एउटै हुन्छ।

संसार यस्तै छ कोहि दुःखी कोहि शुखी,
भाग्य लेख्ने विधाताको हात एउटै हुन्छ।

अन्जु पण्डित
भरतपुर चितवन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *