“कत्ती माया गर्थे तिमीलार्इ”

Spread the love
Lilu, Magar, लिलु मगर, pallawa, पल्लव

लिलु मगर

(जटिल कविता)
कहिले देख्यौ, भाडा माझ्दै गरेको होटेलहरूमा
कहिले देख्यौ,पोचा लगाउदै गरेको महलहरूमा
त कहिले देख्यौ, भौतारिदै गरेको रोदहरूमा
तर कहिल्यै देख्न सकेनौ, ती फुल फुलेका बोटहरूमा
कत्ती माया गर्थे तिमीलाई,

कहिले देख्यौ, हलो जोत्दै गरेको खेतहरूमा
कहिले देख्यौ, भेदा चराउदै गरेको लेखहरूमा
त कहिले देख्यौ, भारी भोक्दै गरेको रोदहरूमा
तर कहिल्यै देख्न सकेनौ,तिम्रो माया मेरो ओठहरूमा
कत्ती माया गर्थे तिमीलाई,

 

कहिले देख्यौ, स्तेरिङ्ग घुमाउदै गरेको गाडीहरूमा
कहिले देख्यौ,पसिना बगाउदै गरेको खादीहरूमा
त कहिले देख्यौ,घाँस कात्दै गरेको पाताहरूमा
तर कहिल्यै देख्न सकेनौ,मेरा कोमल नयन आखाहरूमा
कत्ती माया गर्थे तिमीलाई

कहिले देख्यौ, घुम्दै गरेको ती स्कुलहरूमा
कहिले देख्यौ,झुम्दै गरेको ति मेलाहरूमा
त कहिले देख्यौ, पात बजाउदै गरेको बनहरूमा
तर कहिल्यै देख्न सकेनौ,यी निर्दोशि मनहरूमा
कत्ती माया गर्थे तिमीलाई,
अन्त्य ,

लिलु मगर
मालिका गाउपालिका-२
गुल्मी ।

 

2 thoughts on ““कत्ती माया गर्थे तिमीलार्इ”



Leave a Reply

Your email address will not be published. Required fields are marked *