“समर्पण,तिमीलाई”

Spread the love
Arun, Bhetwal, अरूण भेटुवाल, pallawa, पल्लव

अरूण भेटुवाल

ती बम्बै र दिल्लीका
कोठिमा बेचिएका
चेलीका आंसुले रुवाएका छ्न मलाई,
ती कोरिया,कतारका
रोटीमा थिचिएका
संगीका मासुले थलाएका छ्न मलाई!
पाप हो कि,
पुर्व जन्मको अभिशाप?
कि त केहीको कुत्सित खेलको हात??
मन रोएको छ
तन कांपेको छ,
पटकपटक यी हातले,
पासोकै डोरी नापेको छ!
तर पनि,

 


कहिं,कतै
सानो आशा पलाउंछ
निराशा त्यसैले भगाउंछ
अब त ठिक होलानी
अब त खुशीले छोलानी
भन्दै मन बुझाउंछु
गन्दै दिन बिताउछु!!
जय होस!!

प्यारा छोरा छोरी प्रसुन,प्राप्ती
(लिस्बन,पोर्चुगल)को साथ अनि सहयोगमा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *