प्रेममा काँडा.

Spread the love
Bharat, Neupaney, Myanma, भरत न्यौपाने, pallawa, पल्लव

भरत न्यौपाने

मैले त लगाएको थिएँ
चोखो र न्यानो माया तिमीलाई
तर त्यो मायालाई तिमीले
बुझ्ने प्रयास गरिनौ कवै
कस्तो सोच राखि छौ तिमीले
फुललाई काँडाँ सम्झि यौ
अबुझ रहेछ तिम्रो भावना नै
चोखो माया तिमीलाई काँडा भो
रहि नौ तिमी पहिले जस्ती
बद्लिए छ तिम्रो चालडाल नै
एकलाई छाडि हजार हजारमा
बाँडिएर घुम्फिर गर्न लागि छौ
के कम थियोर त्यो चोखो प्रेममा ?

 

के देख्यौर त्यस्तो तिमीले ?
जो हजारमा तिमी बेचिन पुग्यौ
अनायास्मै बसैं सार्यौ तिमी
साथै त्यो मुटुको स्वर्ग छिनेर गयौ
साचो कुरा लुकाएर तिमीले
मेरो सामु सुन्दर मुस्कान र
झुटो प्रेम देखायौ तिमीले किन?
मायाको बिजा मासि दियौ
त्यो मेरो मुटुको किन तिमीले?
मलाई आँसु दिलाएर तिमी
कति मुस्कुराउन सक्छौ र
आखिर तिमी पछुताएर
मेरो प्रेममा रुने छौ
आँसुका लहा बगाउने छौ।।

भरत न्यौपाने
टमू म्यान्मार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *