मिरा तिमिल्सिना धराका मुक्तकहरू

Spread the love
Mira, Meera, Timilsina,, मिरा तिमिल्सिना, pallawa, पल्लव

मिरा तिमिल्सिना

मृत्युलाई नजिकबाट छोएर हेर
अहमताका दम्भलाई धोएर हेर
अमिर गरीब सबका पीडा समान
निमुखाका आँसु तिमी रोएर हेर।।

मेरो छायाँ हौ तिमी बोलेर गयौ
मुखले माया दिल पोलेर गयौ
भ्रम पालेर बसेँ बुझिन धोका
बुझ्दैछु आज विष धोलेर गयौ।।

 

म ऐलानी भएँ तिमी आवाद भएछौ
मिली रचेका ह्रासलिला अन्तै कहेछौ
मायामा विश्वास कमजोरी होइन
प्यारको बाँध फोरी अन्तै पो बहेछौ

स्वर्थी भए साथी छु एक्लै जीएकी
आफ्नै आँसु प्याला छु एक्लै पिएकी
अनोठो संसारको अनौठो रीति
खोटो आफ्नो भाग्य छु एक्लै सिएकी ।।

यै धर्तीमा रमाएर बाँच्न सकूँ जैलेपनि
फूल सरी मग्मगाइ नाच्न सकूँ जैलेपनि
अर्थ बोकी यो जुनीमा मृत्युपछि बाँच्नेचाह
देशकालागि सद्भाव साँच्न सकुँ जैलेपनि।।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *