गजल

Spread the love
Neelakantha, Nilakantha, Subedi, ‎निलकण्ठ सुबेदी‎ , pallawa, पल्लव

‎निलकण्ठ सुबेदी‎

तिम्रै बारे सोची बसें आधा उमेर ढलिसक्यो
केश पाक्यो अनायासै रहरहरू फलिसक्यो

कल्पनामा रमाउन खोज्दा पनि कॉप्छ शरिर
सेलाएछन् साहसहरू भित्र मुटु जलिसक्यो

कहिले सम्म तड्पाउँछ्यौ तड्पाएरै बस तिमी
अन्तरमनमा गढी बस्यौ उपहार बलिसक्यो

 

मुखले माया गर्छु भन्छ्यौ देखिएन कुनै संकेत
कुरी बसेँ सधैं भरी त्यो भावीले छलिसक्यो

तिम्रो तस्विर घुमिरन्छ समिपमा सधैंभरी
अल्झिएका पाइलाहरू हिंडी रहें गलिसक्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *