‘म हु देशको रक्षक’

Spread the love
Chandrika, Diyal, चन्द्रिका बिरही बेदना,, पल्लव

चन्द्रिका बिरही बेदना

सिरमा टोटी काँधमा झोली बन्दुक हातमा ।
हिड्दैछन् साथी देशको माया बोकेर साथमा।।
गुरुको मैले राखेर मान अगाडि बढ्नेछु ।
देशकै लागि छातिमा गोली थापेर लड्नेछु ।।१।।

यूद्धमा परी यो छोरो मरे नरुनु धर्केर ।
बस्नु है प्यारी नझारी आँशु मलाई सम्झेर ।।
छ सान बेग्लै हेरन यहाँ लाएको बर्दिमा।
कि खान्छु गोली कि ठोक्छु ताली यूद्धको भुमिमा ।।२।।

 

खुशीले दंङ्ग देशको सेवा गर्न म पाउँदा।
आमाले दिन्छिन् आशिष सधै फर्केर आउँदा।।
देशकै लागि जिउछु मर्छु सिपाही बनेर।
सेनाको बोली निस्केको गोली आउन्न फर्केर ।।३।।

कि राख्छु नाम कि जाला ज्यान देशकै नाउँमा।
सत्रुको छाया दिदैनौं पर्न यो आफ्नो ठाउँमा।।
पहिले खाए शत्रुले देश सिमाना मिचेर।
गर्नेछु रक्षा धनाक्ष्य दिल जननी मानेर ।।४।।

चढाई बलि सत्रुको शिर पुर्खाले जोगाको।
दिदैनौं झुक्न त्यो शिर हेर नेपाल आमाको।।
पुर्खाले यूद्ध जितेर आए खुकूरी ढुङ्गाले।
राख्नेछ नाम देशको सधै यो शान्ति सेनाले ।।५।।

चंन्द्रिका बिरहि बेदना, Chandrika Diyal
– सु सु प डडेल्धुरा

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *