गजल

Spread the love
Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

ओसिलो घाममै जिन्दगी डुब्छ कि !
रामको नाममै जिन्दगी डुब्छ कि !

पत्रका खात छन् शान्तिका नाममा-
बन्द भै खाममै जिन्दगी डुब्छ कि !

रातमै घातका त्रासदी फैलिई,
प्रातका घाममै जिन्दगी डुब्छ कि !

 

शान्ति क्यै राज्यले पाउने आशमा,
बद्लिंदो याममै जिन्दगी डुब्छ कि !

राष्ट्र निर्माणको कार्य नै बिर्सिई,
व्यस्त भै दाममै जिन्दगी डुब्छ कि !

केशवराज आमोदी
प्रदेश नं ३,

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *