गजल…

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

भासन हैन सरकार अब काम काम गरेर देखाउ ।
विश्व सामु नेपालको नाम गरेर देखाउ ।।

छिमेकीको गिद्दे नजर लाग्न नदेउ बुद्ध माथी ।
शान्ति फैलाइ देशलाई बुद्ध धाम गरेर देखाउ ।

प्राकृतिक र ऎतिहासिक स्थानको बिकास गर ।
देशमा लाखौं पर्यटकको लाम गरेर देखाउ ।।

 

लाखौं युवा गरीबीले पर्देशिन वाध्य भा छन।
देशमै गरि खाने यिनलाई ठाम गरेर देखाउ ।।

जुनसुकै कार्य गर्दा घुस माग्छ्न कर्मचारी ।
घुसखोरीलाई हिरासतमा जाम गरेर देखाउ ।।

अनाथ बालबालिका भोकै भिखमाग्दै हिन्छन अझै ।
ति सबैलार्इ दुइछाक खाने माम गरेर देखाउ।।

दिपेश किशोर भट्टराई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.