हिरामणिका केही हाइकूहरूः

Spread the love
Badri, Dhakal, hiramani, बद्री ढकाल ‘हिरामणि’, pallawa, पल्लव

बद्री ढकाल ‘हिरामणि’

तिम्रा नजर
चिरफार औजार
सुख्खा रहर

कुत्सित स्वार्थ
गुलाम सार्वभौम
त्यै वेलगाम

कुन त्यागौ म?
वाआमा कि श्रीमती?
चुल्हो छुट्टै छ ।

 

खेल्छौ जुहारी
वानर हौं कि नर
वा नर पारी

ईन्धन खोज्दै
सपना र उडान
भर्दै जीवन

खॉदी वसेको
हण्डर र ठक्कर
गाठे ठेउको

असारे घाम
साउन भदौ बाढी
भकारी खाली

म वॉचेको त्यो
तिम्रो माया ममता
होउञ्जेल हो

भारत ठान्छ
लिपुलेक दुख्दैन
दोक्लाम दुख्छ

बोकेर भारी
अनगिन्ती चाहना
खोज्दै चौतारी ।

सुन्दरी रॉड
अघिल्तिर नाईटो
पछाडि ढाड

लड्डु अधुरा
धर्म कर्म खत्तम
वगली छुरा

नशाको थुप्रो
शक्ति केन्द्र टाउको
त्यस्तै ठेउको

पाप्रा उप्केका
आला घाऊ र मन्त्री
सडक खेती

ववुरो मन्त्री
वहादुर ठेऊका
रेमिट्यान्सले

प्रेमचरा झै
वहु प्रेमी प्रेमिका
वडा देशमा

डलर खेती
छ्याङ छ्याङ आवाज
गरीवी माझ

वैश्य शुद्र ती
एकै कुल नेपाली
व्राह्मण क्षेत्री

न्यायको हत्या
भाषा,धर्म र जात
विश्वमै जता

एउटा छोरा
त्यै पनि अमेरिका
कठै विचरा

मेरो यो देश
वनाईयो प्रदेश
सात विदेश

थिचेर घिच्ने
जड्याहा र जुवाडे
तिहारे मॉडे

सगरमाथा
संसार कै श्रीपेच
नेपाली गाथा

वन्दैछु माली
गोडेर फूलवारी
वावुको गाली

सॉझ नपर्दै
आशातित कोपिला
भट्टी चाहार्दै

रित्तो भकारी
चर्केको महामारी
एक्ली वुहारी

नाकमा फूली
मोती दन्त वाटुली
आँखा गाजली

सपना हो त्यो
जो कथा भित्र घुम्छ
खाली अर्कैको

नियाली हेर्नु
ग्रहदशा देखिन्छ
ईन्द्रेणी भित्र

गरूड छॉया
जस्तै कॉतर जुनी
किन जीऊनी

वालेर दियो
निधारमा लेखियो
नाम्लो वरियो

चुनावी छत्र
उडन्ते कथाचित्र
घोषणा पत्र

चुनावी साथी
रूपैयॉ-जन जाती
मौन अवधी

hira.mani96@gmail.com
Badri Dhakal hiramani

 

One thought on “हिरामणिका केही हाइकूहरूः

  1. पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका कोषाध्यक्ष आदरणीय बद्री ढकाल पछिल्लो समय हाइकु बिधाको उत्थानमा सक्रिय हुनुहुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *