गजल

Ram, Krishna, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ “फुच्चे”

जन्मेपछि मर्नुपर्ने कस्तो बिडम्बना ।
आफ्नै भूडी भर्नुपर्ने कस्तो बिडम्बना ।

सदावहार एकैनास फक्रिरहन पाएपो,
फुलेपछि झर्नुपर्ने कस्तो बिडम्बना ।

पौरखमा रमाएर ज्यून सिकोस् मान्छे,
अर्कैको भाग हर्नुपर्ने कस्तो बिडम्बना ।

 

मस्तीमा छन कोही त कोहीभने सधै,
संघर्ष नै गर्नुपर्ने कस्तो बिडम्बना ।

मन त भन्छ संसार जीत्छु सबै तर,
अभाबमै टर्नुपर्ने कस्तो बिडम्बना ।।

# रामकुमार श्रेष्ठ ‘फुच्चे’
सुर्यपाल,लमजुङ
हाल-मलेसीया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.