गजल

Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

देश बनाउछु भन्ने नेता भोट मा भेटिन्छन ।
चुनाव आउदा हर गरीबको चोट्मा भेटिन्छ्न।।

जनता मूर्ख “मीठो भासण सुने पछि मख्ख हुने ।
चुनाव जित्छन” नेता महङ्गा कोट्मा भेटिन्छ्न ।

जितेपछि बिदेशीको दाशि हुन्न नेपाल भन्छन् ।
तिनै नेता चुनाव पछि सधै एयर्पोट्मा भेटिन्छन ।

 

खोइ कुन्निके आए पनि कानै चिर्या भन्थे बा ले ।
सबै नेता भ्रष्टाचार कै बोट मा भेटिन्छन ।

एउटा आउँछ मलाई भोट् दे अर्को मलाई दिनु भनि।
खोइलो उतारि एक अर्काको खोटमा भेटिन्छ्न ।

पार्टी भा छन अनगिन्ती कुनलाइ भोट दिनु होला।
होड बाजि छ सबै जित्ने अठोटमा भेटिन्छन ।। ।

बोनसमा तीन मुक्तकहरू
छोरा कहिले आउछौ भन्दै बाटो हेर्दै रोको देख्दा ।
बुहारी ले अराइ भन्दै जुठो भाडा धोको देख्दा ।
मेरो मन अत्तालियो पागल जस्तै बने हजुर
अश्रु रोक्नै गारो भयो बुडि आमा भोको देख्दा ।।

यती धेरै पीडा खप्ने अभागी त्यो कोखो देख्दा ।
जति पीडा दिएपनि पुत्रप्रेम चोखो देख्दा ।
माताको मन कस्तो हुन्छ भन्ने कुरा बुजे हजुर।।
बुहारि को लुगा पनि छोरी भन्दै धोको देख्दा ।।

साच्चै मन छेद विच्छेद भो बुडि आमा रोको देख्दा
बुहारी लाई रेस्टुरेन्टमा आमा घर मा भोको देख्दा ।
तेस्ता छोराबुहारी लाई चिरा पार्दै नुन चुक छर्थे ।
यस्तो सोच मनमा आयो बुडि आमा रोको देख्दा ।
बुहारी को लुगा पनि छोरी भन्दै धोको देख्दा ।।

दिपेश किशोर भट्टराई
इलाम नगरपालिका– ८,

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.