समय

Shrestha, Manju, Manjushree, श्रेष्ठ मञ्जुश्री, pallawa, पल्लव

श्रेष्ठ मञ्जुश्री

बुन्थेँ स्वप्नहरू यिनै नयनमा ताँती लगाईकन
भन्थेँ यी करमै छ यो समय ता राखे समाईकन
डुल्थेँ साँझबिहान नै शहरमा भट्केर चारैतिर
खोज्थेँ मेट्न म तिर्सना कुन यहाँ हेरेर चारैतिर ।।

झार्थिन् आँसु मुमा सधैँ बरबरी सन्तान जागोस् भनी
सोच्थे होस् शुभ नै भनेर सबले जस्तै भए तापनि
राम्रो खातिर जे भने नि मनले ठानेन आफ्ना भनी
ढोका बन्द विवेकको किन थियो सोच्दैछु आजै अनि ।।

 

पन्छी होइन मानवै हुँ म भनी बोलेन आत्मा पनि
पन्छी काल रहेछ भुर्र उडिगो पर्खेन साथी भनी
खुल्दा नेत्र भयो तलाउ वहको यो जिन्दगी नै सधैँ
सारा दोष भिरेर लाग्छ पछितो मानेर रोऊँ कतै।।

खातै खात बने यहाँ हरघडी सारा निराशाहरू
इच्छाशक्ति ढल्यो यहाँ हरपलै गुल्टे भरोसाहरू
सारा बिस्कुन यत्र तत्र छरिए सल्टेन कैल्यै पनि
डाँडामाथि चढेछ घाम कहिल्यै ओर्लेन मेरो भनी ।।

छन्दः शार्दूलविक्रीडित
मन्जु श्रेष्ठ
विराटनगर, नेपाल ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.