सुमन सनम घिमिरेका केही मुक्तकहरूः

Spread the love
Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

यादहरू समेटेर यो मुटुमा गाउँ बनाएको छु
तिम्लार्इ लैजाने यो मङ्सिरमा दाउ बनाएको छु
तिमी सँग भेटे देखि किन किन यस्तो लाग्छ
यो मन अनि मुटुमा तिम्रो लगि ठाउँ बनाएको छु ।

गोहिको झैँ आँसु झारेर जान्छन्
हो नै जस्तो याहा पारेर जान्छन्
यो चुनाव होकी जनताको दसा
किन हजारौं जनता मारेर जान्छन् ।

 

त्यो दिन तिमिलार्इ पनि निकै खास हुनेछ
अनि फेरि सधैँ भरि हर्षको आभास हुनेछ
सबै जना मिलेर मीठो भोज खानु प्रिय
जुन दिन चिता माथी मेरो लास हुनेछ ।

काली मात्र भेटे मैले किन गोरि पाइएन
आफुलार्इ ठिक्क मिल्ने जोरि पाइएन
तड्पिएरै बाची रहे यक्लै आज सम्म
कुल घराना इज्जत भाकी छोरी पाइएन ।

बाँसमा भेटिने सबै मुना किन तामा हुदैन
कंस जति सबै यहा सायद मामा हुदैन
आमाले उठाउँदा रिसाउने धेरै छन
तर कतिलाई बिहान उठाउने आमा हुदैन

मायाले नै यो दुनियाँलाई चलाको देखेर
अनि त्यसैमा सबैले मुटु जलाको देखेर
खै के बुझ्ने मायाको परिभाषा यहा सानु
मायाको बारिमा झुट्टुको फल फलाको देखेर ।

अरुले जस्तो मैले पनि ढाट्न नसकेर होला
अनि फ़ेरि तिम्रो बचन काट्न नसकेर होला
तिमी म देखि टाढा भएको यस्तो लाग्छ
तिम्ले भागौ भन्दा मैले आट्न नसकेर होला ।

सबै खानी बेचेर गए अनि फेरि पानी बेचेर गए
नेताले नै बहुमुल्य बस्तु छानी छानी बेचेर गए ।
के बेच्न छाडेर हाम्रा नेता हरूले याहा
पहिले सुस्ता बेच्यो अनि काला पानी बेचेर गए ।

अमृत बनार्इ दियो साथमा विष बनार्इ दियो
सुन्दर बस्तुमा नै सबै किन मिस बनार्इ दियो ।
म पू्र्खालाई हैन भगवानलाई नै दोष दिन्छु
जस्ले सुन्दर शरीरमा दुर्गन्धको रिस बनार्इ दियो ।

मुटु भए पछि साथमा झन तन भए पछि
बाच्नै पर्ने रहेछ फेरि यहा मन भए पछि ।
हाँसेर बाच्न त खै कसरी नै सकिएला र ?
दुखै दु:खको बिचमा मेरो जीवन भए पछि ।।

जिन्दगीको खुशी अन्तै छुट्यो सानु
अनि बाँकी केही दैवले लुट्यो सानु
कसरी हाँस्नेलार्इ खुशी मान्छ्न यहाँ
मेरो त हाँसो खोस्न नै दैव जुट्यो सानु

सायद झुत्रे मैलो लुगा लाको देखेर होला
सिस्नो र ढिडो मैले खाको देखेर होला
मलाई सबैले पाखे भन्छन् यो समाजमा
अरु भन्दा फरक पाराले आको देखेर होला

सियोको काम यहाँ तरबारले के देला
झुपडीको खुशी फेरि दरबारले के देला
अहिले नै सम्बन्धमा खराबी छ सानू
अनि जबर्जस्ति बसाको घरबारले के देला

कुनै एउटा वृक्ष देखाएर वन किन्छु नभन
अरुको जस्तै पैसाले मेरो मन किन्छु नभन
जिन्दगी कति महँगो छ बुझ्ने कोशिस गर
सधैंभरी रुपैयाले कसैको जिवन किन्छु नभन

घाउ निको भए पछि जसरी खत बिर्सिन्छ
अनि प्रेमीले प्रेमको याहा लत बिर्सिन्छ
आमा बाबू लाई वृद्ध आश्रम छोडेर
किन छोराछोरीले आफ्नो बिगत बिर्सिन्छ ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *