बहरबद्ध गजल

Tilachan, Basyal, तिलाचन बस्याल , pallawa, पल्लव

तिलाचन बस्याल

कच्चा प्रयत्न गर्दा हरबार हार हुन्छ
संघर्ष खेर जान्छन् दोषी निधार हुन्छ ।

थोरै अभाव रहँदा खासै फरक नपर्ला
छोडेर गइदिएमा झल्को हजार हुन्छ ।

चालेर हेर्नु पहिला केही कदम अगाडि
भुँइमा पछार्न आफ्नो मान्छे तयार हुन्छ ।

 

देखेर सुक्ष्म कमिलो हेप्ने बदल्नु बानी
संसार सङ्ग जुध्ने उसको बिचार हुन्छ ।

ढुङ्गा मुढाहरूले के बुझ्थे छाल पीडा
धक्का सहेर बस्ने खोला किनार हुन्छ ।।

मुजारे मुसम्मन अखरब
221-2122-221-2122

©तिलाचन बस्याल
गल्याङ -५ स्याङ्जा
कार्तिक १६,२०७४

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.