गजल

Spread the love
Ram, Sharma,,राम शर्मा, pallawa, पल्लव

राम शर्मा

निमुखाले पेट भोर्ने आटो चाहियो सरकार
पीडित नाङ्गै भाछन लुगा फाटो चाहियो सरकार ।

पुर्व पश्चिम मोनोरेल भन्दा अहिले भरियालाई
भारी बोकि हिड्ने राम्रो बाटो चाहियो सरकार ।

सबै जानेकोछु भन्दै जन्ता ठग्ने भन्दा बरु
मेरो गाउँमा नेता चाहिँ लाटो चाहियो सरकार ।

 

सुकुम्बासी रुहाएर बस्ती सार्न पर्दैन भो
तिन्लेई पसिना बगाएको माटो चाहियो सरकार ।

गरिबलाई दिएको ऋण तम्सुक देखाई मिचिएको
कोदो फल्ने बारिको त्यो पाटो चाहियो सरकार ।

राम शर्मा
प्रवास बाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *