गजल

Spread the love
‎Parbati, Khanal, Aryal‎,, पार्वती खनाल अर्याल, pallawa, पल्लव

पार्वती खनाल अर्याल,

बर्ष दिन भो मैले तिमीलाई देख्न पाको छैन
खुशी मनले तिम्रो नाम लेख्न पाको छैन ।

कति तड्पिएर रात काट्छु सानु मैले यहाँ
मायाको अपार तिमीलाई थेक्न पाको छैन ।

कति अभागी यि रातहरू छिट्टै घाम लाग्ने
सपनीमै तिम्रो पाइला छेक्न पाको छैन ।

 

दुईको बिचार एउटै माला उन्न मन लाग्छ
परदेशी भयौ एकै ठाउँमा टेक्न पाको छैन ।

परदेशीको पीडामा जलन हुन्छु म यहाँ
बिछोडको पीडा मायाले सेक्न पाको छैन ।

पार्वती खनाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *