गजल

Spread the love
Chakra, Milan, Nepali, चक्र मिलन नेपाली, pallawa, पल्लव

चक्र मिलन नेपाली

जोतेर हलो खेतको आलीमा बिताउनु भयो
बाले पुरै जीवन कुटो कोदालीमा बिताउनु भयो

माझी दाईले दिनहूँ डुङ्गा चलाउँदै माछा मार्दै
आफ्नो पुरै जीवन कर्णालीमा बिताउनु भयो

मेरी आमाले सँधै घाँस दाउरा मेलापात गर्दै
जिन्दगी उकाली र ओरालीमा बिताउनु भयो

 

हाम्रा पुर्खाहरूले जंगलमा गिठा भ्याकुर खाँदै
आखिर कसरी रुखका डालीमा बिताउनु भयो

मेरो बस्तीमा भोकमरी र हाहाकार हुँदा सबैले
आधा जुनी अभावको थालीमा बिताउनु भयो ।।

– चक्र ´मिलन` नेपाली
दिपायल सिलगढी नगरपालिका ९, कलेना, डोटी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *