गजल

Spread the love
Ramesh, Sanyog, Shrestha, रमेश संयोग श्रेष्ठ, pallawa, पल्लव

रमेश संयोग श्रेष्ठ

बिरामी भई राखिएको थियो अस्पतालमा ।
सपना धेरै थियो रे उस्को मरेछ अकालमा ।।

प्राय सबै डाक्टर नर्स भन्दै दाबी गर्नेहरूले ।
पेटको अप्रेसन गर्दा मुटुमा गर्छन् नेपालमा ।।

मबाट तिमी कसरी छुटेर गयौ थाहै भएन ।
सके सम्म तिम्लाई मैले पारेकोथे जालमा ।।

 

मायाले मलाई अगाल्यौ मेरो मुटु पगाल्यौ ।
त्यसैले बिस्वास धेरै गरे छाड्यौ बेहालमा ।।

बिरामी भई राखिएको थियो अस्पतालमा ।
सपना धेरै थियो रे उस्को मरेछ अकालमा ।।

रमेश “संयोग” श्रेष्ठ
मोरङ
हाल: रियाद, साउदि

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *