कठै मेरो देश

Spread the love
Sangii, Adhikari, Pokhrel, संगी अधिकारी पोख्रेल , pallawa, पल्लव

संगी अधिकारी पोख्रेल

मुखमा टालो हाली,सास फेर्नू पर्छ कठै मेरो देश …
अभावग्रस्त छन् जिवनहरू,
अन्योलपुर्ण छ वातावरण,
कुर्सी कै लागी ताण्डब मचाउछ्न
नवयुगका रचैता भनाउदाहरू,
अशान्त,कोलाहल र भयावह
बढ्दो छ दिनानुदिन,
येसै बिच अन्धो बनेर,
नयाँ बिहानिको आश गर्न बाध्य छ कठै मेरो देश …
उकुसमुकुस छन् नव युवाहरू,–

 

निदाउन नदिने सपनाको राश मा,
छैन सितल कहिँ कतै,
भिज्छन निथ्रुक्क,आफ्नै आमाको काखमा
खल्बलिएको छ सन्तुलन,
अपुरा छन् बिचारहरू,
आतुर छन् उडान भर्नै आकाशमा,
छाति पिट्दै रुन्छिन,
छट्पटिन्छिन आमा,
बिदेशी को दास बन्न बाध्य सन्तान,
जस्तो जाँदै छन् उस्तै आउलान ? ? ?
या बाकसमा ???
यसै पनि रित्तो, उसै पनि रित्तो रित्तो कठै मेरो देश …

शब्दशब्दार्थः टालोः मास्क
१३/०४/२०७४

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *