मनै शुन्य बनायो . . . . .

Spread the love
Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

अनायास आज उनले नजर मिलाएर
मनै शुन्य बनायो कसैको याद दिलाएर

एक्लो थिए खुशीहरू बटुलेर जिउदै थिए
आश हरू सङ्गालेर पिडाहरू पिउदै थिए
हावाका झोक्का सङ्गै शितल दिलाएर
मनमा माया जगाई दियो नजर मिलाएर ।

 

गन्तव्य नै बिर्सेको झै थियो कतै हराएर
आप्नै छाया पराई लाग्थ्यो यो मन डराएर
धुजा धुजा यो मन पनि मुस्कानले सिलाएर
जिउने आश जगाई दियो नजर मिलाएर ।

अनायास आज उनले नजर मिलाएर
मनै शुन्य बनायो कसैको याद दिलाएर ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *