गजल

Spread the love
dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

सुनेका कुरा नै सुनायो कसैले
नसुन्दा नसुन्दै सुनेँ आज मैले

न छन् तर्क बलिया न राम्रा प्रमाण
कुरैटेहरू जित्न खोज्छन् कुरैले

फुपूको थियो धन, गरेँ दान भन्दै
दिए सूचना यो मलाई उनैले

 

मलाई नदेखाउनू धारे हात
जेजे भन्नुपर्नेछ भन्नू मुखैले

जहाँ राजनीति, त्यहाँ बाजनीति
कहाँ बुझ्न सक्छन् र यो जोसुकैले

तिमीले दयाको बहाना बनायौ
म माथि चढेको हुँ आफ्नो बलैले

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *