गजल

Spread the love
Suman, Kadariya,,सुमन कडरिया, pallawa, पल्लव

सुमन कडरिया

सपूतमा खै देशभक्ति सबमा बदमासी छ
जनताको टाउको टेक्ने नेता सत्ता प्यासी छ

सब चाखियो राजतन्त्र ,गणतन्त्र,लोकतन्त्र
सबथोत्रा चाल देखी जनता धेर उदासी छ

फूलअबिर सब नाश भो जितहारको खै टुङ्गो?
बारम्बार स्वागत गर्ने जनदेव पूर्ण घाँसी छ

 

चुनावमा जनताको पुग्छन् बारी- मेलापातमा
कोरा भासण हाक्ने नेता जितको प्रत्यासी छ

भोज गर, मोज गर , फोटो खिच्दा पोज गर
रित्याऊ तिम्रो अघिल्तिर राज्यकोशको राशि छ

सुमन कडरिया
चितवन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *