गजल

Spread the love
Chandrika, Diyal, चन्द्रिका बिरही बेदना,, पल्लव

चन्द्रिका बिरही बेदना

फर्केर घर कहिले आउछौँ ए परदेशी
कि त्यतै जिन्दगी बिताउछौँ ए परदेशी

कुर्दाकुर्दै यो मेरो जवानी ढल्केर गैसक्यो
भन अझै कति मलाई कुराउछौँ ए परदेशी

आफ्नो यो जन्मभुमि र देशलाई भुलेर
पर्देशमै कति पसिना बगाउछौँ ए परदेशी

 

पराइको दास बनेर कहिलेसम्म आफ्नो
धनकै लागि जिउ ज्यान सुकाउछौँ ए परदेशी

आफ्नो घरपरिवार सम्झी मरुभुमीमा बसेर
कति बस्छौ ति आँसुहरू चुहाउछौँ ए परदेशी ।।

~ चन्द्रिका बिरही बेदना
डडेल्धुरा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *