गजल

Spread the love
Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

यो मुटुमा तस्विर छपाएर भाग्यौ
देशको त्यो मुहार चपाएर भाग्यौ ।

भन्दिन तिमीलाई यसै गर भनी
छिमेकमा रमिता नचाएर भाग्यौ ।

लियौ पाउने जति अंश भाग भन्दै
माटै भएभरको पचाएर भाग्यौ ।

 

मार्छन् भनी हिजो झुटो वोल्दा सवले
आफ्नै हो ज्यान मात्र वचाएर भाग्यौ ।

जोगाउनुको साटो आमा र सिमाना
रुँदै दुश्मनलाई हँसाएर भाग्यौ ।

मीठो गर्यौ वात सोझो जनता सामु
नेपाल हाम्रो धर्ति फसाएर भाग्यो ।

– भगवती खनाल,
त्रिशुली, नुवाकोट
२०७४/७/२९

 

One thought on “गजल

  1. धेरै राम्रो छ तपाइको गजल मलाई एक्दम मन पर्यो यस्तै यस्तै गजल हरु अरु लेखेको देख्ना पाउ


Leave a Reply

Your email address will not be published. Required fields are marked *