आमाले पकाको खाए,जस्तो हुन्न पर्देश।
बाबू को कमाइ उडाए,जस्तो हुन्न पर्देश।
मेहनत गर्नुपर्छ धेरै विभिन्न यातना सहेर;
ए गाउँमा हात हल्लाए,जस्तो हुन्न पर्देश।
पसिनाको धारा दु:खले कमाइ हुन्छ बल्ल;
आफ्नो भित्र मनले चाहे,जस्तो हुन्न पर्देश।
दिनरात खटिदै अर्कालाई हात जोड्नुपर्छ;
साथिभाइको साथ पाए,जस्तो हुन्न पर्देश।
गाउँघर सम्झिएर बाच्नुपर्छ आँसु खसालेर;
सपनाको महल बनाए,जस्तो हुन्न पर्देश।
पर्देशमा पर्देशिको वेदना सधैं यस्तै रहिछ;
आगनमा नाचेर रमाए,जस्तो हुन्न पर्देश।
– कृष्ण प्रसाद उपाध्याय
विजयनगर गाउँपालिका, कपिलवस्तु
हाल:मलेसिया।
