पल्लवका अध्यक्ष सहित १० लार्इ साहित्य रत्न सम्मान ।

Spread the love

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष सहित १० जानालार्इ साहित्य रत्न सम्मान ।
भारतको मेरठ स्थित ‘ग्रीन केयर सोसाइटी’ द्वारा आयोजनायोजित साहित्यिक कुम्भ कार्यक्रमलार्इ आई आई एम् टीयूनिवर्सिटीको सकृय सहयोगमा अन्तराष्ट्रीय स्तरको ‘मेरठ लिटरेरी फेस्टिवल’- २०१७ (2017), आयोजना भएको थियो । उक्त कार्यक्रम २०७२ मङ्सिरको ८, ९ र १० गते तीनदिन सम्म निकै नै सौहार्द वातावरणमा अति सव्य र भव्यरूपमा चलेको थियो । देश – विदेशका स्रष्टाहरूका पुस्तक प्रदर्शनी सहितको उक्त कार्यक्रमका प्रमुख अतिथि उत्तर प्रदेशको माननीय राज्यपाल श्री राम नाईक जी रहेका थिए ।

 

बाँकी समाचार तथा फोटहरू हेर्न तलको Continue reading  मा क्लिक गर्नुहोस

उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा सार्क विश्व विद्यालय- नई दिल्लीका अध्यक्ष ड. राजीवकृष्ण सक्सेना थिए भने कार्यक्रमको सभाध्यक्ष वरिष्ठ शिक्षाविद एवम साहित्य अकादमीका पूर्व सदस्य ड. योगेन्द्र नाथ शर्मा ‘अरुण’, विशेष अतिथिहरूमा कवि एवम् साहित्यकार तथा समाजसेवी श्रीवसन्त कुमार चौधरी, हिंदी सेवी वरिष्ठ साहित्यकारहरू, श्री प्राण जग्गी वरिष्ठ साहित्यकार – अमेरीका र क्यानाडा लगायतका स्रष्टाहरू थिए । त्यसै गरी श्री छत्रपति फुँयाल वरिष्ठ साहित्यकार- भूटान, मेजर गौरव आर्य रक्षा विशेषज्ञ तथा सैन्य लेखक, डा. श्वेता दीप्ती सम्पादक ‘हिमालिनी’ मासिक हिन्दी पत्रिका- नेपाल, श्री गोर्खे साइँलो (ऋषिप्रसाद लामिछाने) अध्यक्ष पल्लव साहित्य प्रतिष्ठान, चितवन नेपाल, श्री केशवराज आमोदी– सल्लाहकार पल्लव साहित्य प्रतिष्ठान, चितवन नेपाल, एवम् पल्लव साहित्य प्रतिष्ठानका आजीवन सदस्यहरूमा श्री लोकनाथ खराल, नवलपुर, नेपाल, श्रीबिर्खे अञ्जान, अध्यक्ष पालुङ साहित्य परिषद, मकवानपुर, नेपाल, श्रीमती शान्ति अधिकारी, बाँके, नेपाल, श्री छविकिरण अाेली, दाङ, नेपाल, श्री सिर्जना शर्मा, रुकुम, नेपाल र जिबिका खतिवडा ‘अश्रू’ रहेका थिए भने नेपालबाट अन्य उपस्थितिमा श्री सूर्य प्रसाद लाकोजू सम्पादक अक्षर मार्ग पत्रिका, नेपाल, श्री सनतकुमार रेग्मी, बाँके, नेपाल, श्रीमती अनिता अर्याल, मकवानपुर, नेपाल, श्री दधीराज सुवेदी, नेपाल, डा. भीम खतिवडा, नेपाल, डा. घनश्याम परिश्रमी, नेपाल, श्रीमती गङ्गा सुवेदी, नेपाल लगयत लगभग ५० जान नेपाली र नेपाली भाषी साहित्यकारहरूको उपस्थिति रहेको थियो । छिमेकी राष्ट्र भारतको मेरठमा यसरी आयोजित महा कुम्भ मेरठ लिटरेरी फेस्टिवलमा हाम्रो पल्लव साहित्य प्रतिष्ठान संस्थालार्इ माया गरेर संस्थाका पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष सहित १० जानालार्इ मेरठ लिटरेरी फेस्टिवलमा साहित्य रत्न द्वारा सम्मान प्रदान गरेकोमा उक्त कार्यक्रमका मुख्य आयोजक ‘ग्रीन केयर सोसाइटी’का अध्यक्ष डा. विजय पण्डितलार्इ हृदयत साधुवाद तथा सम्मानित स्रष्टाहरूलार्इ हार्दिक बधार्इ तथा साधुवाद !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *