“तलब”

Spread the love
Subash, Suwash, Lamichhane, सुबास लामिछाने, pallawa, पल्लव

सुबास लामिछाने

म हरेक पटक तलब थाप्न जाँदा
आँखाबाट आँसुका धारा बगाउँछु
किनकी
मेलै मेरा आमाबुबालाइ
त्यो च्यात्तिएको सिरक ओढेर
पुसमाघको जाडोमा काँप्दै सुतेको देखेको छु,

अनि मलाइ त्यो दिन पनि याद छ
जुन दिन आमाले मलाइ
टीका लगाएर बिदाइ गर्दा
आँखाबाट तप्प तप्प आँसु झारेकी थिइन,

 

तर मैले उनलाइ आँसु नझार भन्न सकिन
किनकी
मैले हाम्रो घरको छानोबाट पनि तेस्तै पानी झरेको देखेको थिएँ,

मैले त्यो दिन पनि भुलेको छैन
जब मेरो छोरोले मलाइ
स्कुल भर्ना गरिदिनुस भनेर रोएको थियो,
तर मैले तेस दिन पनि उसलाइ स्कुल नलगी
चकलेट मात्र दिएर फकाएको थिएँ,

सायद त्यो दिन दिदीको बिहे पनि पक्का हुन्थ्यो होला
यदि बेहुलापक्षले राखेको
त्यो दाइजोको प्रस्ताव
स्वीकार गर्ने क्षमता म मा भइदिएको भए,

मेरि उनले मेरो बिदाइको दिन गरेकि त्यो चीत्कार
सायदै मैले रोक्न सक्थेँ होला
यदि त्यसदिन बहिनीलाई
काजीको छोरोले जबरजस्ती गर्दा
बहिनीको त्यो चीत्कार गाउँलेले
नसुनेझैँ गरेको मैले नदेखेको भए,

म अर्को पटक तलब थाप्न जाँदा
मुस्कुराउँदै जानेछु,
यदि
मैले आँसु थामेर
मेरो घरको छानोले त्यो वर्षातको झरी थाम्छ भने

अनि म
त्यो दिन मात्र खुशी हुनेछु
जुन दिन मेरा सारा सपनाले मलाइ भन्ने छ्न
हामी तेरो घरको आँगनमा छौँ
तँ फर्की आइजो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *