बहरबद्ध गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

छ पीडा मनैमा दुखाई नदेऊ भो-
भिजेका परेली लुकाई नदेऊ भो ।

दिलाशा बटुल्दै यहाँसम्म आएँ तै-
तिनै आशलाई फुटाई नदेऊ भो ।

छुटे जिन्दगीका तराना अनौठा ती-
छु डुब्दो त्यसैमा झुलाई नदेऊ भो ।

 

तिमी साथसाथै थिएँ बाँधिएझै नै
चुँडाएर प्रीति फुकाई नदेऊ भो ।

खडेरी सरीको लिई रूप चर्को झन्-
नदीझैं छु बग्दै सुकाई नदेऊ भो ।।

नोट :- माथिको गजलको प्रत्येक शे’रको अन्तिमको एक अक्षर झिकेमा तलको बहर बन्दछ । यथा-
२.बहर : मुतकारिब मुसम्मन सालिम / छन्द : भुजड्’गप्रयात
रुक्न सड्’केत : १२२ + १२२ + १२२ + १२२

छ पीड़ा मनैमा दुखाई नदेऊ-
भिजेका परेली लुकाई नदेऊ ।

दिलाशा बटुल्दै यहाँसम्म आएँ-
तिनै आशलाई फुटाई नदेऊ ।

छुटे जिन्दगीका तराना अनौठा
छु डुब्दो त्यसैमा झुलाई नदेऊ।

तिमी साथसाथै थिएँ बाँधिएझैं-
चुँडाएर प्रीति फुकाई नदेऊ ।

खडेरी सरीको लिई रूप चर्को-
नदीझैं छु बग्दो सुकाई नदेऊ ।

-केशवराज आमोदी , प्रदेश नं. ३

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.