भगवती खनालका चार गजल

Spread the love
Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गजल– १,
पैसालाई मान सम्मान वनाए दुनियाँले
मन मुटुलाई चिहान वनाए दुनियाँले ।

सत्यलाई त आगो लगाए खरानी वनाए
झुट अङगाली जिहान वनाए दुनियाँले ।

हो शान्ति ल्याउलान भन्ने आश कति रहेन
हिंसा हत्यालाई वगान वनाए दुनियाँले ।

 

थोरै दया पसेन गरिबको झुप्रोहरुमा
आँसु पानी पिर उखान वनाए दुनियाँले ।

जित्नेहरुले खै के जिते लगे पत्तै भएन
सिधा साधालाई नै घान वनाए दुनियाँले ।।

गजल– २,
छुरा हान्नेको यहाँ भरै हुँदैन
खुट्टा तान्नेको यहाँ भरै हुँदैन ।

एउटा छाडी लौ फेरि अर्कोतिर
मुटु छान्नेको यहाँ भरै हुँदैन ।

म त भन्छु सत्य, सत्य तिमीलाई
कुरा जान्नेको यहाँ भरै हुँदैन ।

विचारै नसुनि अरुको लौ आफै
ठूलो ठान्नेको यहाँ भरै हुँदैन ।

जीवन जगत यो ख्यालै नगरी
पैसा मान्नेको यहाँ भरै हुँदैन ।

गजल– ३,
जीवन पनि एक खोला रहेछ
थोरै पानी धेरै पोला रहेछ

सवै पाउन खोज्नेहरु भन्छन्
नपाउदा रित्तो झोला रहेछ

कसैलाई फुलैफुलको डाली
कतै वारुलाको गोला रहेछ

दुख्नेहरु सव मुर्छामा वोल्छन्
जिन्दगी मुटुको सोला रहेछ

केही होईन यो शरीर हाम्र‍ो
दुईदिन रम्ने चोला रहेछ ।।

गजल– ४,
हार्नु जित्नु मात्र जीवन हुन सक्दैन
हिरा मोती केवल धन हुन सक्दैन ।

कोही रुँदा कोही हाँस्न सक्छ भने त्यसै
पत्थर हो मान्छेको मन हुन सक्दैन ।

को भन्छ दाँत झरी उमेर ढल्के पछी
यौवन हुँदै वच्चपन हुन सक्दैन ।

आमा धर्ति भए देखि बुबा पनि हाम्रो
किन शीर माथि गगन हुन सक्दैन ।।

– भगवती खनाल,
त्रिशुली, नुवाकोट

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *