भो अब म लेख्दिन कविता !

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

समय बोल्नुपर्छ कविताले
बन्द द्वार खोल्नुपर्छ कविताले
खै ?
न त बेलालाई बोल्न सके
न त दैलालाई खोल्न सके
केवल शब्दको रास भो साथी !
म अब लेख्दिन कविता ।
बाधालाई ठेल्नुपर्छ कविताले
अड्चनलाई पेल्नुपर्छ कविताले
तर खै ?

न त पन्छाउन सके बाटाका पहिरा
न त भत्काउन सके नाकाका तगारा
केवल मसीको नास भो साथी !
म अब लेख्दिन कविता ।

 


पुल बनी बस्ती-बस्तीमा संजाल जोड्नु पर्छ कविताले
घन बनी बिभाजनका पर्खाल तोड्नुपर्छ कविताले
केको हुन्थ्यो !
न त साँघु साबित भए
न औजार नै प्रमाणित भए
केबल कागजको विनास भो साथी !
सिर्फ बिल्लरीका लागि ठहरिए रमिता
म अब लेख्दिन कविता ।
भो साथी लेख् नभन
म अब लेख्दिन कविता !

-दुर्गाप्रसाद ग्वालटारे
२०७२ कात्तिक
काठमाडौ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.