सुमन सनम घिमिरे का केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

सधैं भरी कुकर्म मात्र गरे भने
सुकर्म गर्न नपाई म मरे भने
मलाई जलाउन मलामी नआउनु
म मर्दा पनि कसैलाई घात गरे भने ।

आँखामा भरपर्छ या नानिमा थाहै हुदैन
नियतमा भरपर्छ या बानिमा थाहै हुदैन
यो माया पनि व्यापार जस्तै भइ सके छ
मायामा भरपर्छ या लगानीमा थाहै हुदैन ।

 

धेरै पिडाहरु मैले सहेर होला
छुट्टीएर तिमी संग रहेर होला
हिजोआज पागल भाको छु
म बाट टाढा तिमी गयर होला ।

अन्यायको पक्षमा परि न्याय हराउँदै छ
बलियाको अघि परि निर्बल डराउदै छ
बाचुनजेल सानले बाचेको सहिद पनि
आफ्नो सान गुमन लाग्दा रुदै काराउदै छ ।

दिन भन्दा पनि मलाई रात मन पर्छ
सबैभन्दा ठुलो उनको साथ मन पर्छ
यो माया भन्नी चिज नै यस्तै हो
हासी हासी दिने उनको घात मन पर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.