म बिना ओठमा मुस्कान थपिएछ
गल्ती हुँदा कहाँको मान थपिएछ
लागेछ झुटो माया मेरै जस्तो है
मेरो हुँदा तिमिलाई लगान थपिएछ
जीवन जिउन सिकाउने म थिए
बिच बाटोमा कुन भगवान थपिएछ
दिलमा छुरा रोपि हासो सम्झनेलाई
उस्लाई दिलको अनुसन्धान थपिएछ
म बिना ओठमा मुस्कान थपिएछ
गल्ती हुँदा कहाँको मान थपिएछ ।।
शिशिर अनुराग
स्वर्गद्वारी नगरपालिका
प्युठान