गजल

Radha, Pande, Poudel, राधा पौडेल पाण्डे, pallawa,पल्लव

राधा पौडेल पाण्डे

छ ज्वाला, हृदयमा, देखिन्छ ! देखिन्न !!
छु खोज्दै, लुकाउन, छेकिन्छ ! छेकिन्न !!

छ राको, त्यो मुश्लो, दनदन बलेको ,
झिल्का, आगोको, भेटिन्छ ! भेटिन्न !!

साउने झरिझै, दर्किन्छ, यो मन ,
भाग्यको, दस्ताबेज, मेटिन्छ ! मेटिन्न !!

 

घुचट्दै, वैषाखी, भिराउँछन् सखिले ,
पल्टाउने, रित यो, फेरिन्छ ! फेरिन्न !!

छ भरोसा, सबैको, एक यै ईश्वरमा ,
इन्द्रको, न्यायमा, परिन्छ ! परिन्न !!

छन् कला, यी मान्छेका, नसक्ने बुझ्न ,
रेटिँदा, ती फूलले, मरिन्छ ! मरिन्न !!

पानीमा आगो, बाली, देखाउँछन् ,
खेल त्यो झुटको, खेलिन्छ ! खेलिन्न !!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.