शृजना कोइरालाका केही मुक्तकहरूः

Srijana, Koirala, Pokhara, सृजना कोइराला, pallawa, पल्लव

सृजना कोइराला

घोषणा पत्र यस पालि नि, राम्रा हुन्छन् कि ?
विजय हुने राम्रा भन्दा, हाम्रा हुन्छन् कि ?
जति जोगी आए पनि, कान चिरेकै हुने;
कुरा असल व्यवहार त्यस्तै, चाम्रा हुन्छन् कि ?

खराब नियत हुनेसँग, मित्र हुन सक्दिन म
रङ् विना नै कोरिएको, चित्र हुन सक्दिन म
खुट्टा तान्नेहरू हो, तानि राख कति सक्छौ;
अन्याय र अत्याचारको बन्दि भित्र हुन सक्दिन म

 

हजुरलाई त नेताज्यू, भोटको खाँचो भो
सुन्दर महलमा रम्ने, नोटको खाँचो भो
भूकम्पले चर्किएका, हाम्रा विक्षुब्ध मनहरू;
टाल्ने काममा सदैव, खोटको खाँचो भो

मखमली फूलझैं, फक्रिरहोस तिम्रो जीवन !
सदैव दीप बनि, चम्किरहोस तिम्रो जीवन !
जन्मदिनको लाखौँ लाख शुभकामना तिमीलाई;
निरन्तर प्रगतिपथमा, लम्किरहोस् तिम्रो जीवन !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.