गजल

Spread the love
‎Parbati, Khanal, Aryal‎,, पार्वती खनाल अर्याल, pallawa, पल्लव

पार्वती खनाल अर्याल

धोका दियौ मित्र तिम्ले हार्दा मैले सहेँ
मेरै छाती माथि भार्इ मार्दा मैले सहेँ ।

तिम्ले मलाई केही दिए लिन आएको थे
सुस्तालाई भारत तिर सार्दा मैले सहेँ ।

जननीको आधार माथि घृणा थपिदियौ
अपमानको खडेरीमा खार्दा मैले सहेँ ।

 

बरू तिमीले जानेछौ मेरो बुझार्इमा
सगरमाथा तलतिर झार्दा मैले सहेँ ।

आफ्नै मनको वेदनामा चोट पर्दा पर्दै
सात समुन्द्र पारी यूवा तार्दा मैले सहेँ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *