श्याम किराँती का केही मुक्तकहरूः

Spread the love
Shyam, Kirati, श्याम किराँती, pallawa, पल्लव

श्याम किराँती

गाउँ उस्तै देख्छु नगर उस्तै देख्छु!!
पानी बिनाको खोली बगर उस्तै देख्छु!!
चोटै चोटले भरिएर रुमल्लि बाँच्नुपर्दा!!
यो निर्दोश धर्ती अनि सगर उस्तै देख्छु!!

यहाँ आँटो छुट्टै, छुट्टै थाल कहिले सम्म हो ?
मन्दिर छिर्दा लाग्ने पर्खाल कहिले सम्म हो ?
जातित्व र लैंगिक विभेद हाम्रो समाजमा,,
म नेपाली तिमी नेपाल कहिले सम्म हो ?

 

भुल्छौ भने भुलिदेऊ भन्नू केही छैन!!
उस्कै ‘बाग’मा फुलिदेऊ भन्नू केही छैन!!
बिन्ती छ हिजो आज पागल जस्तै भा छु,
छेउ छाउ नडुलिदेऊ भन्नू केही छैन!!

यो जिन्दगी जसोतसो चलेकै छ हजुर !!
साँझ बिहान चुल्हाचौका बलेकै छ हजुर !!
चाहिएन धनकै रास यति भए पुग्छ मलाई,
ढिँडो रोटो साग सिस्नु गलेकै छ हजुर !!

भो नसोध के छ? भनी हाल जिन्दगिको
भत्किसक्यो लथालिङ्ग पर्खाल जिन्दगिको ।
हिजो आज बालुवामै हर दिन सिन्चित हुन्छु,,
फर्किन्न कि भर न पर कंकाल जिन्दगिको ।।

भीर भत्केर टारबारी भएँ भने के गर्छौ ?
सोचे भन्दा इमानदारी भएँ भने के गर्छौ ?
सँधै भरी तालु खुइले नभन है मलार्इ,,
हेर्दा हेर्दै जट्टाधारी भएँ भने के गर्छौ ?

श्याम किराँती
उदयपुर नेपालटार
हाल काठमाण्डौँ

 

One thought on “श्याम किराँती का केही मुक्तकहरूः

  1. सुन्दर अनि खादिला भावहरु भएका मुक्तकहरु थिए मित्र श्याम जि का यी सृजना हरु पढन पाएर खुशी छु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *