टीका सापकोटा का केही मुक्तकहरूः

Spread the love
Tika, Sapkota, Kawasoti, टीका सापकोटा,  pallawa, पल्लव

टीका सापकोटा

रविजस्तै तेजिलो छौ,जून जस्तै शीतल
सिर्जनाले सगाउनू आफ्नै प्यारो भुतल।
जहिले पनि सफलता तिम्रै पछि लागोस्
जीवनबाट दुःख कष्ट टाढा टाढा भागोस्।

औंसीमा नि उदाउने तिमी हौ जून मेरो
हृदयमा गुञ्जिरहने प्रमील धुन मेरो ।
भनेरै आजसम्म सजाय मनमन्दिरमा
किन छिन्न खोज्दैछौ? आजकल सुकुन मेरो ।

 

कसैको यादले दिल नदुखाए हुन्छ
स्वार्थी छ माया मनमा नलुकाए हुन्छ
भगवानलाई भन्दा बढी विश्वास गर्थे
पत्थर बनेछ दिल पीडा नफुकाए हुन्छ ।।

भेटिनु अनि छुट्टिनु नै त रीत जिन्दगीको
कहिल्यै नमेटिने यो कस्तो प्रीत जिन्दगीको
चढेपनि सगरमाथा छोएपनि जून त्यो
मनको आगन नछोई हुन्न जीत् जिन्दगीको ।।

खुसीहरू बटुलेर उनूँ उनूँ लाग्छ
मनको आवाज मात्र सुनूँ सुनूँ लाग्छ
आत्मीयता भन्दा प्यारो नाता छैन कुनै
आँखाबन्द गरी त्यही चुनूँ चुनूँ लाग्छ ।।

खुसीहरुलाई वनबास जान दिनुहुन्न
आशाहरुलाई पनि संगै लान दिनुहुन्न
भीर पाखा पखेरामा पनि त फुल्छ जीवन
मनलाई कहिल्यै हरेस खान दिनुहुन्न ।।

Tika Sapkota , कावासोती, नवलपुर ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *