असलै छौ भन्ने थियो जाली निस्किएछौ ।
धनले पुर्ण मायाको खाली निस्किएछौ ।।
शान्ति सगँ बसन त मात्र के भनेथेँ ।
मेची बाट छलाङ् हानी काली निस्किएछौ ।।
छैन पीर चिन्ता कुनै परेको काम गर्नै पर्छ ।
अजम्बरी को नै छर एक दिन सबै मर्नै पर्छ ।।
भगवान त हैन मान्छे सधै सबको राम्रो हुन ।
तर पनि सत्य बोल्दै ज्ञानको ज्योती छर्नै पर्छ ।
बन्ला भोलि छोरो डाक्टर भन्ने गर्थे बाउले ।
गर्यो बिहे लाउछ वचन हाने जस्तै पाउले ।।
श्रीमती र सन्तान भन्दा भन्दै बित्यो जवानीत ।
बुढो हुँदा कठै भन्ने नछन् आफ्ना नत गाउले ।।
जति पियो उती चढ्ने नशा राजनीतिको ।
भासमा खुट्टा सरी गढ्ने नशा राजनीतिको ।।
ज्यू हजुरी गर्दै हिड्यो घरै लत्याएर ।
न टुङ्गिने न त बढ्ने नशा राजनितीको ।
ढिला भयो जागौँ देश बनाउन
आऊ अघि लागौ देश बनाउन ।
सिर्जनाको मुल फुटाउ सबै मिलेर
आफन्तकै साथ मागौँ देश बनाउन ।।
हुन्छ भोली भन्दै मिति सार्यौ फेरी पनि ।
आसा देखाउदै भाका टार्यौ फेरी पनि ।।
साँचो कुरा झुटो भयो पापी हुँदा मन ।
मर्नु बाँच्नु दोधारमा पार्यौ फेरी पनि ।।
कोहलपुर, बाँके ।
